छोरा नजन्माएको निहुँमा कान्छि श्रीमती भित्र्याएपछि…
छोरा नजन्माएको निहुमा कान्छि श्रीमती भित्र्याउने धनुषा क्षिरेश्वरनगरपालिका ९ का मुकेश महतोलाई महोत्तरी प्रहरीले गौशालाबाट विहिबार पक्राउ गरेको छ । महतो गौशाला स्थित आफनो ससुराली घर आएको बखत महतोलाई उनको कान्छि श्रीमती सिमाकुमारी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सिमा गौशाला नगरपालिका ४ कि स्थायी वासिन्दा रहेकी छिन । जेठ ३२ गते राति महोत्तरीको गौशाला ४का वीरेन्द्र महतोकी छोरी १८ वर्षीया सीमा कुमारीसँग बहु विवाह गरी उनकै घरमा बसीरहेको मुकेश र उनकी कान्छी पत्नी सीमालाई प्रहरी टोलिले उनको आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रष्ठेले बताए ।
२०६९ सालमा क्षिरेश्वर नगरपालिका घर भएकी जेठि श्रीमती संग विवाह बन्धनमा बाँधिएका मुकेशले आफनी जेठी श्रीमतीबाट सन्तान नपाएपछि उनलाई मानसिक र शारीरिक यातना दिदैं आएका थिए ।
शारिरिक र मानसिक यातनाबाट पिडित बनेकी संजुले मुकेशले अर्को श्रीमीत घर भित्राएपछि उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहु विवाह सम्बन्धि मुद्दा दायर गरेपछि जिल्ला प्रहरीबाट खटिगएको प्रहरी टोलीले मुकेश र उनको पत्नी सीमालाई नयाँ ससुराली घरबाटै पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।




0 comments
Write Down Your Responses