एमाओवादीका उच्च तहका नेताले बिहे नगरेरै जन्माए बच्चो
काठमाडौं । एकीकृत नेकपा (माओवादी)का एक उच्च तहका नेताले बिहे नगरेरै एक युवतीबाट बच्चाकाे बाबु बन्न लागेका छन् । राम्रो लेख्ने क्षमता भएका र कडा भाषण पनि गर्ने उच्च तहकै नेताले अर्कै युवतीबाट बच्चा जन्माउने भएपछि एमाओवादीभित्र अहिले खैलाबैला मच्चिएको छ ।
यसरी अर्कै युवतीबाट बच्चा जन्माउने नेता हुन एमाओवादीका पोलिटब्यूरो सदस्य हेमन्तप्रकाश ओली । उनी पार्टीमा सुदर्शन र लेखनका क्षेत्रमा एचपी हिमालीको नामले चिनिन्छन् । उनले अरु कोहीबाट बच्चा जन्माउने भएका होइनन् । युद्धकालदेखि नै छोरी मानेर पाल्दै आएकी तर अरुले उनीहरुबीच अबैध सम्बन्ध रहेको आरोप लगाउँदै आएकी अम्बिका चन्द नाम गरेकी एक युवतीबाट बच्चा जन्माउने भएका हुन् । अम्बिकासँग नेता ओलीले युद्धकालदेखि नै अवैध सम्बन्ध राख्दै आएको आरोप लागेको थियो । नेता ओलीले पहिलो श्रीमतीबाट जन्माएका छोराछोरी बिहेगर्ने उमेरका भैसकेका छन् ।
नेता ओली र ती युवतीको सम्बन्धलाई लिएर पार्टीभित्र र बाहिरसमेत पटकपटक कुरा उठे पनि नेतृत्वले वास्ता गरेको थिएन । शनिबार एमाओवादी केन्द्रीय समितिको बैठकमै कुरा उठेपछि प्रचण्डले एकपटक स्पष्टीकरण सोधेर ६ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बन गरिने बताएका थिए ।
प्रचण्डले यस्तो निर्णय सुनाउँदा स्थायी समिति सदस्य जनार्दन शर्माले भने निलम्बनको नाटक रचेर बहुविवाहलाई वैधता दिन खोजिएको टिप्पणी गरिरहेका थिए । बैठकमा भने हेमन्त उपस्थित थिएनन् । प्रचण्डपुत्र प्रकाशले विना मगरलाई तेस्री पत्नी बनाएको घटनालाई पनि एमाओवादीले ६ महिना निलम्बन गरिएको भन्दै बैधता दिन पुगेको थियो । अहिले विनाबाट पनि प्रकाशले बच्चा जन्माइसकेका छन् ।
६ वर्षदेखि हेमन्तको प्रेमिका रहेकी जनयुद्दकालीन रेडियो गणतन्त्रकी पत्रकार अम्बिका चन्द गर्भवती भए पछि मात्रै पार्टीले कारबाहीको तयारी थालेको हो । तर, यसलाई अति गोप्य राखिएको छ । पार्टी अध्यक्ष र महासचिवका नाममा जारी गरिएको सर्कुलरमा समेत यसबारे उल्लेख छैन ।
सानो उमेरमै जनयुद्दमा लागेकी जाजरकोट घर भएकी ठकुरीकी छोरी अम्बिका पार्टी कार्यकर्ता, कलाकार हुँदै रेडियो गणतन्त्रमा कार्यरत भइन् । त्यसक्रममा उनको रोल्पा गजुल घर भएका तत्कालीन जनमुक्ति सेनामा कार्यरत एक दलित छापामारसँग प्रेम विवाह भयो । तर, शान्ति प्रक्रियासँगै अम्बिकाको सम्बन्ध रेडियोमै कार्यरत एक पत्रकारसँग नजिकियो, उनले पुरानो सम्बन्ध तोडिन ।
यस्तैमा उनको हिमचिम हेमन्तप्रकाशसँग बढ्यो । उनलाई हेमन्तले मगरात कार्यालयको जिम्मेवारी दिएर आफूसँगै राखे । त्यतिबेलै पार्टीका नेता तथा कार्यकर्ताले शंका नगरेका होइनन्, तर हेमन्तले आफ्नी छोरी बनाएर कार्यालयमा राखेको बताए भने अम्बिकाले पनि हेमन्तलाई बाबु भनेर सम्बोधन गर्न थालिन् । माओवादी सरकारमा सहभागी हुने क्रममा हेमन्तले अम्बिकालाई काठमाडौंमै ल्याएर राखे र बयोध अस्पतालमा सानोतिनो जागिरसमेत लगाइदिए । काठमाडौंमा दुवैको सम्बन्धमा कुनै रोकतोक थिएन ।पार्टी नेताले थाहा पाएपनि आँखा चिमिलदिए । पटकपटक अम्बिकाले एभर्सन गर्दै आएकी थिइन् । तर, पछिल्लोपटक टाइम पनि केही बढी भएको एवं क्युरेट गर्दा ज्यान पनि जान सक्ने भन्दै डाक्टरले स्वीकृति नदिएपछि हेमन्त प्रेमिकाबाट जन्मने बच्चाको बाबु बन्न लागेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


1 comments

Dekhaudaichhan yiniharule jungali vyavahaar...janawarle baru afno kun ho chindachhan...yiniharule ta chinnai chhode garne ke ho tyo pani birasisake...loktantraka naam ma chhadatantranai po bhitriechha ta....ho esto garna na pauneharule...manpari gareko pakkai ho...

Write Down Your Responses

Powered by Blogger.