अक्षयकुमारसँग रोमान्स गर्दै सन्नी लियोन
अंग्रेजी खबर डिएनएका अनुसार पछिल्लो महिना सन्नी गोवामा आफ्नो रियालिटी शो ‘स्प्लिट्सविला’को सुटिङमा व्यस्त थिइन् । त्यसै क्रममा अक्षयकुमार उक्त फिल्मको सुटिङका लागि गोवा पुगेका थिए । यसैक्रममा सन्नीलाई उक्त फिल्ममा काम गर्न अफर आयो सन्नीले दायाबाया नसोची तुरुन्तै आफर स्वीकार गरिन् ।
गोवामा सुटिङमै रहेका बेला सननीले एक ट्वीट गरिन् । उक्त ट्वीटमा लेखिएको छ, ‘आज मलाई त्यो काम गर्ने सौभाग्य मिलेको छ जो मैले सपनामा मात्रै सोचेको थिएँ । यो नयाँ कामका लागि सही कदम हो ।’
सन्नीले अहिलेसम्म कुनै स्टार कलाकारसँग काम गर्ने मौका पाएकी छैनन् । अक्षयसँग फिल्ममा देखिनु उनको लागि महत्वपूर्ण कदम हुने बताइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses