४७ म्यानपावरलाई कारबाही गर: अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ म्यानपावर एजेन्सीलाई कडा कारबाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । नक्कली कागजातमा आधारमा नेपाली कामदार विदेश पठाउन खोजेको भन्दै कारबाहीका लागि विभागलाई निर्देशन दिएको हो ।
आयोगले शुक्रबार ४७ म्यानपावर एजेन्सीलाई अनुसन्धान गरि कारबाही गर्न निर्देशन दिएपनि विभागले म्यानपावरको सुचीसहितको पत्र सोमबार मात्र प्राप्त गरेको थियो । कारबाहीको सुची अख्यितारबाट आउन ढिलाइ भएकाले आइतवार र सोमबारको संस्थागततर्फको श्रमस्वीकृति काम पुर्ण रुपमा बन्द थियो ।
४७ म्यानपावर एजेन्सीको नक्कली कागजात पेश गरेको भएपनि विभागका कर्मचारीका संलग्नता देखिएको छैन । कर्मचारीको संलग्नता नदेखिएकाले भ्रष्ट्राचार नभएको अख्तियारको पत्रमा उल्लेख छ । ति म्यानपावर एजेन्सी कामदार ठगि गर्नेमा संलग्नता रहेको अख्तियारको दावी छ । कारबाहीका लागि निर्देशन दिएकाम्यानपावरमध्ये अधिकांश मलेसियामा काम गर्ने व्यवसाय रहेका छन् । एजेन्टलाई मोटो रकम तिरेर मलेसियाको सक्कली मागपत्रलाई परिवर्तन गर्दै स्वदेशमै मागपत्र बनाउने गरेको अख्तियारको ठहर छ ।
ऐनबमोजिम ३ वर्ष जेल सजाय वा ५ लाख रुपैयाँसम्म जरिवाना तोक्न सक्ने प्रावधान रहेको छ । विभागका महानिर्देशकको निर्णयबाट ५ लाख रुपैयाँसम्म जरिवाना तोक्न सक्छ, जेल सजाय गर्दैन । जेल सजायका लागि विभागले म्यानपावर एजेन्सीविरुद्ध वैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दायर गर्नुपर्छ । ‘अख्तियारको निर्देशन आइसकेकाले सम्भवत यो न्यायधिकरणमै मुद्दा दायर हुन्छ होला’ विभागका एक अधिकारीले भने, ‘अख्तियारमा फस्ने डरले विभाग निर्णय हुँदैन ।’
विभाग अन्र्तगतको कार्यालयले ४७ म्यानपावर एजेन्सीको सम्पुर्ण कारोबार रोक्का गरेको छ । ‘अनुसन्धानको क्रममा भएका म्यानपावर एजेन्सीलाई काम गर्न दिने नदिने भन्नेमा केही कुरा भएको छैन’ उनले भने, ‘यससम्बन्धी विभागले छिट्टै निर्णय गर्छ ।’ अख्यितारले १९ म्यानपावर एजेन्सी र १२ कर्मचारीसहित विशेष अदालतसहित ३३ जनालाई मुद्दा दायर गरिसकेको छ । विभागले १ सय २ म्यानपावर एजेन्सीमाथि अनुसन्धान थालेको आजको कारोबार दैनिकमा समाचार छ ।
कुन –कुन म्यानपावर परे कारबाहीमा
एस इम्प्लोयमेन्ट
मसारेक इन्टरनेशलन
मिराकल ओभरसिज
ड्रिम एण्ड गाईड
सलमानी ओभरसिज
अञ्जली ओभरसिज
गल्फ इनोभेसन
एमकन ओभरसिज
जव सर्च
अल नासिर
मोभिरा ओभरसिज
मादी आभेरसिज
मेरिगोल्ड ओभरसिज
योङ ओभरसिज
ट्रयाक अन
एसपीएम ओभरसिज
सार्क ओभरसिज
अरोरा ह्युमन रिर्सास
प्रदेशी ओभरसिज
लक्की ओभरसिज
नाइल इन्टरनेशलन
स्वस्तिक ओभरसिज
स्टार वे ओभरसिज
रिजन ओभरसिज
पर्फेक्ट कनेक्सन ओभरसिज
डिलक्स ह्युमन रिसोर्स
वेष्ट वे ओभरसिज
डिप गेट वे
पियर इन्टरनेशनल
सिग्नल ओभरसिज
सिटिजन ओभरसिज
लक्की एचआर ओभरसिज
जीएस इम्प्लोयमेन्ट
रारा इम्प्लोयमेन्ट
फ्युचर लिंक इन्टरनेशलन
अल ह्यात म्यानपावर
गल्फ म्यानजमेन्ट
युरोटेक प्रा.ली
आस्था इन्टरनेशनल
एनवी इन्टरनेशनल
गतिशिल ओभरसिज
साउदी नेपाल
बाटर ह्युमन रिसोर्स
एवीसी प्लेसमेन्ट
ग्राण्ड ओभरसिज
लिवर्टी एचआर कन्सल्टेन्सी
कालिन्चोक म्यानपावर
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses