भारतबाट ल्याइएका आँपमा प्रतिबन्धित रसायन कार्बाइडको प्रयोग
काठमाण्डु, १८ असार – कञ्चनपुरका बजारमा भारतबाट ल्याइएका आँपमा मानवस्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्रीवितरण भईरहेको छ । भारतीय व्यापारीहरुले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पु¥याइरहँदा समेत कारबाहि हुन सकेको छैन ।
खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्रीवितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
कार्बाइड प्रयोग गरी पकाइएको आँपले नसा र छालासँग सम्बन्धित रोगहरु लाग्ने, क्यान्सर हुने, टाउको दुख्ने, निन्द्रा बढी लाग्ने , बान्ता आउनेजस्ता समस्याहरु देखा पर्ने गरेको छ ।
आर्थिक दैनिकबाट


0 comments

Write Down Your Responses

Powered by Blogger.