रसिया पठाइदिने भन्दै ठग्ने पक्राउ
विनाइजाजत वैदेशिक रोजगारीका नाममा रसिया पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले धनकुटा राजारानी–३ घर भई काठमाडौँ बस्दै आएका ४५ वर्षीय कृष्णप्रसाद लिम्बुलाई बिहीबार पक्राउ गरेको हो ।
लिम्बुले आकर्षक तलबमा काम लगाउने प्रलोभन देखाइ धनबहादुर लिम्बुलाई ठगेका हुन् । आपूmसँग ६ लाख ३० हजार रुपैयाँ लिएको भनी धनकुटा राजारानी–३ का धनबहादुरले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।
लिम्बुले वैदेशिक रोजगारीमा पठाउने कुनै इजाजत प्राप्त नगरेको प्रहरीले बताएको छ । उनले बिनाइजाजत अन्य व्यक्तिलाई समेत विदेश पठाउने भन्दै १४ थान राहदानी बोकेर हिँडेको प्रहरीको दाबी छ । उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।




0 comments
Write Down Your Responses