सगरमाथा छेडेर रेल ल्याउने प्रस्ताव काल्पनिक : चीन
तीब्बतबाट नेपाल हुँदै भारत जोड्ने रेलवे लाईनको प्रस्ताव
काठमाडौं, १८ असार (एजेन्सी) :  चीनले नेपाल हुँदै भारतसम्म पुर्‍याउने रेलवे लाईन विस्तार गर्न  नयाँ प्रस्ताव अघि बढाएको छ । तीब्बतबाट नेपाल हुँदै भारतसम्म पुर्‍याउने रेलवे लाईनले त्रिदेशीय हितको लागि आर्थिक करिडोर बनाउँन तथा भूकम्पले क्षति पुर्‍याएको नेपालको पुनर्निर्माण गर्न सकिने भन्दै चीनले प्रस्तावमा काम थाल्ने जनाएको हो ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार चीनीयाँ विदेश मन्त्रालयका एसिया हेर्ने उपप्रमुख हुवाङ्ग जिलीएकाले चीन र भारतलाई जोड्न तथा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निमार्ण गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् ।
यद्यी उनले तीब्बतबाट सगरमाथा हुँदै काठमाडौंसम्मा ल्याउने  भनिएको उच्च गतिको रेलवे लिङ्ग प्रचार गरिएको जस्तो नभएको बताए । अवकाशप्राप्त रेल अधिकारीले बनाएको उक्त रिपोर्ट कल्पनामा आधारित भएको समेत हुवाङ्गले बताए ।
यसअघि चीनले ५४० किलोमिटर लामो उच्च गतिको रेलवे लिङ्ग सगरमाथा छेडेर काठमाडौंसम्म ल्याइने भनिएको थियो । उच्च गतिको रेलवे लिङ्ग जोड्ने कुरा कल्पनामा आधारित भएको बताउँदै हुवाङ्गले भने, ‘यो रिपोर्ट बनाउने भन्ने मानिस पूर्णत कल्पनामा छ । यो एउटा रिपोर्ट मात्र हो, सरकारी योजना हैन ।’
गत अप्रीलमा चाइनिज एकेडेमी अफ इन्जिनियरिङ्गका रेलविज्ञ वाङ्ग मेन्सुले सागरमाथा छेडेर तीब्र गतिको रेल विस्तार गर्न सकिने रिपोर्ट सार्वजनिक गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत मेमा गरेको चीन भ्रमणको दौरान नयाँ रेलवे लिङ्गको प्रस्ताव पेश गरिएको थियो । मोदीले उक्त प्रस्तावलाई सकारात्मक रुपमा लिएको हुवाङ्गले जानकारी दिए ।
उक्त प्रस्ताव माथि भारतीय विदेश मन्त्री सुष्मा स्वराज र चीनीयाँ विदेश मन्त्री वाङ्ग यीले गत असार १० मा भएको नेपालमा भएको साहयता सम्मेलनमा छलफल गरेका थिए । नेपालमा भएको सम्मेलनमा स्‍वराज र वाङ्गबीच भएको कुराकानी बारे हुवाङ्गले भने,’ दुबै देशका मन्त्रीहरुले रेल मार्गको विषयमा छलफल गर्नु भएको छ र एक प्रकारको सहमतिमा पुग्नु भएको छ । हामीले नेपालको पुनर्निमार्णको लागि सँगसँगै काम गर्नु जरुरी छ । सम्भाव्यता  अध्ययनको लागि संयुक्त अध्ययन समूह बनाउनुपर्छ ।’
हुवाङ्गले चीनबाट नेपाल हुँदै भारतसम्म जोड्ने करिडोर बनाउन तयार गरेको बताउँदै अघि भने,’ हामी आर्थिक करिडोर बनाउँन समूह बनाउन तयार छौ । यदी हामी एउटा सहमतिमा पुग्यौ भने यसले तीनै देशलाई फाइदा पुर्‍याउनेछ ।’
उनले तीब्बतको हिमाल हुँदै नेपाल र भारतलाई जोड्ने रेल मार्ग बनाउनु चीनको मुख्य चासो भएको बताए । रेल मार्ग बनाउन सकिए सपना विपनामा परिणत हुने हुवाङ्गको धारणा थियो । नेपालमा आएको भूकम्पले यस क्षेत्रको कमाजोरता देखिएको बताउँदै उनले संयुक्त्त अध्ययन जुरुरी भएको बताए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.