रोबोटले पायो खरभुजा बेच्ने जागिर, व्यापार मालामाल
 असार २२गते
जापानमा निर्माण गरिएको विश्वको पहिलो मानव जस्तै संवेदनायुक्त भनिएको रोबोटले जागिर पाएको छ । सफ्टबैंक कम्पनीले निर्माण गरेको पेपर नामको उक्त रोबोटले मानिसको भावना बुझ्न सक्ने बताइउको छ ।
ग्राहकको प्रश्नको उत्तर दिन सक्ने उक्त रोबोटले उसलाई मन पर्ने पार्ट टाइम जागिर पाएको छ । यो रोबोटले टोक्योस्थित एक शपिङ मलमा ग्राहकलाई खरभुजा बेच्ने जागिर सुरु गरेको छ ।
पेपरले ग्राहकहरुसँग कुराकानी समेत गर्ने र ग्राहकको माग र रुची अनुसार खरभुजा बेचिरहेको बताइएको छ । खरभुजा सँगै यो रोबोटले अन्य पसलमा कफी बेच्ने लगायतका काम पनि गर्छ ।
गएको जुन २० मा अनलाइनमार्फत सफ्टबैंक कम्पनीले बिक्रिमा राखेको यो रोबोट एक मिनेटमै एक हजार प्रति बिकेको थियो ।
उक्त रोबोटको मुल्य १ लाख ९८ हजार जापानी येन अर्थात् झण्डै १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।
यो रोबोटले खरभुजा बेच्ने जागिर बाट घण्टाको साढे १२ डलर कमाउने गरेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.