विमानस्थलमा वितण्डा मच्चाउने सभासद् पुत्र थुना मुक्त
बुधबार राति दुबई जाने क्रममा उनी विमान स्थल पुगेका थिए । त्यहाँ कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई अश्लिल गाली गरेका थिए । मदिराको मातमा रहेका जुबेरले उदण्डता मच्चाएपछि राती नै हिरासत लिइएको थियो । भारतीय पासपोर्ट र नेदरल्याण्डको पीआर बोकेका शाहले अन्य कर्मचारी र सुरक्षाकर्मीलाई समेत हातपातको प्रयास गरेका थिए । अञ्दाजी ३० वर्षका शाहले करीव डेढ घण्टासम्म अध्यागमनमा उद्दण्डता प्रदर्शन गरेका थिए ।
उदण्ड छोरालाई छुटाउन सभासद शाहले दिनभर प्रयास गरेकी थिइन । विभिन्न ठाउँबाट सोर्स लगाउँदा पनि नछुटेपछि लिखित माफी मागेर छुटाएकी छिन् । लिखित माफी मागेको काजगमा उनको पार्सपार्ट भारतीय उल्लेख गरिएको छ । माफी पत्रमा पनि उनले म भारतीय नागरिक भनेर उल्लेख गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
2 comments
Write Down Your Responses




July 2, 2015 at 8:06 AM
Kasto ta x Nepal ma
July 2, 2015 at 8:15 AM
Je garyo thik garyo, Airport ko karmachari ghusiya hunchhan thik parnu parchh, MADESI bhayeko karan le MEDIA le khedo lidai chh