दलितबस्तीमा राजेश हमालको हारगुहार बेकार
काठमाडौँ १९, श्रावण । ‘दलित भएकै कारण हामीले इनारबाट कहिल्यै पानी खान पाउँदैनौं त ?’ धनगढी गाविस –३ नयनपुरकी ममता मलिक डोमले यसो भनिरहँदा सोमबार दिउँसोको दुई बजेको थियो ।


उनले थपिन, ‘छेउमै इनार छ । तर, पानी लिन नपाएर यतिबेलासम्म खाना पकाएर खान पाएका छैनौं ।’ सोमबार उनको घर वरपर स्थानीयको भीड लागेको थियो । त्यहाँ उपस्थित भएका अधिकांश ममता र उनका दाजु २१ वर्षीय दीपक मलिकलाई धारे हात लगाइरहेका थिए, कोही कुट्न खोजिरहेका थिए ।

वर्षौंदेखि खोनेपानीमा छुवाछुत भोग्दै आएको डोम परिवार पछिल्लो तीन दिनदेखि ज्यादा तनावमा छ । ‘साझा सवाल’ नामको एक टेलिभिजन कार्यक्रमको छायाँकनका क्रममा चलचित्र अभिनेता राजेश हमालसँग इनारबाट पानी निकाल्न दलित समुदायका दीपक इनार पुगेपछि सुरु भएको विवाद अझै साम्य भएको छैन । सोमबार स्थानीय गैरदलितहरुले उनीमाथि हातपात प्रयाससमेत गरेका छन् ।

घरनजिकै इनार भएर पनि मलिक परिवारले अहिलेसम्म आफूले पानी निकालेर खान पाएको छैन । जसका कारण उनका परिवारले दुई किलोमिटर टाढा रहेको इँटाभट्टाबाट पानी ल्याउनुपर्छ । वर्षौंदेखि जातीय विभेद खेपिरहेको मलिक परिवारको दुःख छायाँकन गर्ने क्रममा साझा सवालका तर्फबाट अभिनेता हमाल मलिकको घर पुगेका थिए ।

उनीसँगै बसेर चिया खाएपछि कुराकानीका क्रममा नजिकै इनार भएर पनि पानी निकालेर खान नपाएको थापा पाएपछि हमाल उनलाई लिएर इनारसम्म गएका थिए । तर, मलिकले इनारबाट पानी निकाल्न लाग्दा गाउँभरमा महिला–पुृरुषले इनार घेरा हालेर उनलाई रोके । स्थानीयको आक्रोशका अगाडि महालको केही जोर चलेन । पहिले पानी खरेर खान इसारा गरेका हमाल भिडको खबरदारीपछि हच्किए ।

स्थानीयको घेराबन्दीमा परेपछि हमालले सुरुमा एक शब्द पनि निकाल्न सकेनन् । ‘दीपकले भने, ‘आफू त वर्षौंदेखि यस्तो खेपेकाले आश्चर्य लागेन, तर राजेश सर भीडलाई देखेर केही बोल्न सक्नुभएन ।’

दर्जनौं चलचित्रमा नायकको भूमिका निमाएर अन्याय, अत्याचार, कुसंस्कार र छुवाछुतलाई पराजित गरेका हमालले त्यहाँ स्तानीयलाई भने सम्झाउने सफलता पाएनन् । त्यसपछि स्थानीय गैरदलित रामनारायणले निकालिदिएको पानी बोकेर दीपक हमालसँगै घर फर्किए । नयाँ पत्रिका


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.