आफ्नै कार्यकर्ताबाट कांग्रेस नेताको हत्या
श्रावन २९,
संस्थापन र देउवापक्षबीचको बिवाद
पोखराः नेपाली कांग्रेस लेखनाथमा इमान्दार र सक्रिय नेताको छवि बनाएका ५२ बर्षिय रामजी पौडेल ‘बादल’ को आफ्नै कार्यकर्ताले हत्या गरेका छन् । कांग्रेसको संस्थापन र देउवापक्षवीचको बिबाद मिलाउन बार्ता गरेर बिहीवार राती साथिसँगै घर फर्कर्दै गरेका ‘बादल’ लाई कांग्रेस कार्यकर्ताले बाटोमा कुटेर हत्या गरेका हुन ।
उनको शव शुक्रवार बिहान पृथ्वीराजमार्गको गगनगौडा खण्ड नजिकै भिरतलमा भेटिएको थियो । शवको हात, घाँटी र शरीरमा धारिलो हतियारको प्रयोग गरिएको छ ।
लेखनाथ १ पावर हाउस निवासी ‘बादल’ गगनगौडाका महाधिबेशन प्रतिनिधि बुद्विमान गुरुङको घरमा वार्ता सकेर करिब डेढ किलोमिटर उतरतर्फ पुग्दा सामुहिक आक्रमणमा परेका थिए ।


‘बादल दाईलाई घर पुर्‍याउन मैले मोटरसाईकलमा लिएर जाँदै थिए,’ घाईते मनोज गुरुङले भने ‘बाटो ढुकेर बसेका गुण्डाहरुले रोकेर कुट्नसम्म कुटे । हातमा पन्जा लगाएका दाउरा र चक्कु वोकेकालाई ‘बादल’ दाईलाई नकुट भनेर छेक्दा मलाई पनि कुटे ।’  बाटोमा मरणासन्न छाडिएका मनोजलाई स्थानीयबासीले उद्वार गरी राती करिब सत्र किलोमिटर टाढाको मणिपाल शिक्षण अस्पतालमा लगेका थिए ।


हत्यापश्चात शोकमा नेता रामजी पौडेलकी आमा, श्रीमती लगायत परिवारका सदस्य र छिमेकी ।

लेखनाथ १ सैनिकवस्तीका उनले पार्टीभित्र गुण्डा, मुन्द्रेको जगजगी बड्दै गएकोले ‘बादल’ जस्ता इमान्दार कार्यकर्ताले ज्यान गुमाउनु परेको बताए । ‘बिदेशतिर अपराधिलाई ढुंगा र दाउराले कुटी कुटी मार्छन भनेको सुनेको थिए,’ त्रासदीपूर्ण घटना सम्झदै उनले भने ‘तर यहाँ पार्टीको लागी एउटा झोला बोकेर निष्ठाको राजनीति गर्ने ईमान्दार कार्यकर्तालाई कुटी कुटी मारियो ।

गुण्डा र मुन्द्रेहरु हावी भएकाले ईमान्दारहरु मारिने नै भए ।’ महाधिवेशन नजिकिदै जाँदा नगर क्षेत्रमा क्रियाशिल सदस्य दिने बारे संस्थापन र देउवापक्षवीच बिवाद चर्कदै थियो । त्यही बिषयमा एक साताअघि देउवा पक्षका नारायण तिवारीलाई संस्थापनपक्षका विश्वास गौत्तम लगायतले कुटपीट गरेका थिए ।


सदस्यता बितरण र कुटपीटले पार्टीभित्र बिवाद झनै चर्किएपछि मिलाउन गगनगौडाका बुद्विमान गुरुङको घरमा तीन दिनदेखि दुवैपक्षवीच बार्ता भईरहेको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.