डेनमार्कका राजकुमार सामान्य कपडामा लमजुङ पुग्दा स्वागत गर्न बसेका जिल्ल !
शुक्रबार, १ असोज
काठमाडौं । डेनमार्कका राजकुमार फ्रेडरिक एन्ड्रे हेन्रिक भूकम्पपीडितलाई भेट्न लमजुङ पुगेका छन् । चारदिने भ्रमणका क्रममा उनी बिहीबार बेसीशहर पुगेका हुन् । कोपेनहेगनबाट काठमाडौं आएका उनी राजधानी नवसी सीधै लमजुङ पुगेका हुन् ।
कालो जुत्ता, सामान्य सर्टपाइन्टमा गल्बन्दी भिरेर बेसीशहरको होटल गेटवे हिमाल रिसोर्टमा गाडीबाट ओर्लिदा पर्खाइमा बसेकाले भेउ पाएनन । उनी नेपाल रेडक्रस सोसाइटीको ल्याण्डक्रुजर जीपबाट साँझ साढे ६ बजे ओर्लिएका थिए ।
उनले जिल्लाका प्रशासक एवं सुरक्षा निकायका अधिकारीलाई भेटघाटका लागि शनिबार साँझ बोलाएका छन् ।
भूकम्पपछिको अवस्था अवलोकन गर्न लमजुङ आएका डेनिस राजकुमारलले जिल्लाको दुर्गम गाउँ पाचोक, ढोडेनी र फेलेनी गाविसका केही गाउँमा पुगेर भूकम्प पछिको अवस्था बुझ्ने र भूकम्पपीडितसँग भेट्ने कार्यक्रम रहेको छ । आजको कान्तिपुरमा समाचार छ ।




भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments

Write Down Your Responses

Powered by Blogger.