चीनले भन्यो दुईवटा राजमार्ग सधै चल्ने बनाउन चाहन्छौं
२ कार्तिक, काठमाडौं । चीनले नेपालसंगका अधा दर्जन नाकालाई व्यवयिस्थत गर्दै कम्तीमा दुईटालाई अटुट राजमार्ग बनाउन चाहेको पुनः ध्यानाकर्षण गराएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारतको नाकाबन्दी खोल्ने पहल गर्न दिल्ली जानुखघि चीनले यस्तो प्रसताव ल्याएको हो । चीनले लामो समयदेखि यस्तो प्रस्ताव राख्दै आएको छ । तर, नेपालीको तर्फबाट ठोस निर्णण पठाउन ढिलाई भएको नयाँ सरकारलाई उले जानकारी समेत दिएको छ ।
छिटोछिटो सरकार परिवर्तन, भौतिक पूर्वाधार हेर्ने मन्त्रालयको ढिलासुस्ती र गैर जिम्मेवारीले नाका जोड्ने सडक ओझेलमा पर्दै आएको परराष्ट्र अधिकारीले बताए । पछिल्लो समय भूकम्प र संविधान जारी गर्ने राजनीतिक प्रक्रियाले पनि ती कार्यमा ढिलाई भएको उनीहरुको बुझाई छ ।
चीन सरकाले नाका जोड्ने सडकको स्तारोन्नति तथा अन्या नाका व्यवस्थित गर्न नेपालको ठोस प्रस्ताव पर्खेर बसको छ । कुनै छिमेकी वा मित्रलाई नचिढाइकन नेपाललाई सहयोग गर्न चीन सँधै तयार छ, नोपली राजदूत महेश मास्केले बेइजिङबाट भने । अाजकाे कान्तिपुरमा खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.