संविधानबारे बल्ल बोले ज्ञानेन्द्र
काठमाडौं – देशमा संविधान जारी भएको विषयमा मौन रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले बल्ल यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । विजयादशमीको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै शाहले देशमा असहज परिस्थित रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले जनताको भावनालाई संविधानले समेट्न नसकेकाले अहिलेको समस्या उत्पन्न भएको बताएका छन् । ‘मैले जाने बूझे सम्म राष्ट्रको मूल कानूनमा राष्ट्रका सबै वर्ण, सवै वर्ग, सवै समूदाय र सवै भूक्षेत्र तथा अधिकतर जनताले अहिंकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृती र गतिविधीलाई नसमेटिदा स्वभावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्दछ,’ उनले भनेका छन् ।
उनले हाल देखिएको समस्याले देशमा एकतामा खलल पुग्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
‘हिमाल, पहाड र तराईमा देखा परेको विध्यमान द्धन्द्र, विग्रह, कचिगंल, अन्योल, असन्तोष र दैनिक जीवनमा आईपरेको कठिन अवस्था एवं अभावको स्थितीमा, मेरो चासो र चिन्ता रहनु स्वाभाविकै हो,’ विज्ञप्तिमा उल्लेख छ । उनले यो कठिन घडी धेरै लम्बिन नहुने बताएका छन् ।
टिका लगाउने कार्यक्रम स्थगित
हरेक वर्ष आफ्ना समर्थकहरुलाई टिका लगाइदिँदै आएका पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष भने टिका नलगादिने भएका छन् । नेपालीहरुको दैनिक जीवनमा आई परेको असहज परिस्थिती र आवागमनमा उत्पन्न कठिनाइका कारण यस वर्ष विजया दशमीका दिन टिका बक्सने कार्यक्रम नहुने व्यहोरा पूर्व राजाबाट जारी वक्तव्यमा उल्लेख छ ।
वक्तव्यको पूर्ण पाठ
प्यारा नेपाली दिदी वहिनी तथा दाजूभाइ,
नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तूत गर्ने वडा दशैको यो महान् धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश भित्र र देश बाहिर रहे वसेका समस्त नेपाली दाजूभाइ दिदीवहिनीहरुमा सूख, शान्ति, समृद्धी र प्रगतिका लागी हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछू ।
लामो समयको अनिश्चितता र कठिन संक्रमणकालिन अवस्था पछि, राष्ट््रको मूल कानुनबाट मूलूकमा शान्ति, प्रजातन्त्र, स्थायीत्व र आर्थिक संमृद्धी सगैं आपसी सद्भाव स्थापीत हूने छ भन्ने चाहना र धैर्य नेपालीहरुले राख्दै आएका हून् । जनताद्वारा जनताका निम्ति बन्नू बनाईनू पर्ने विधि व्यवस्था आम जनतावाटै अनूमोदित हुनुपर्ने हुन्छ । मैले जाने बूझे सम्म राष्ट्रको मूल कानूनमा राष्ट्रका सबै वर्ण, सवै वर्ग, सवै समूदाय र सवै भूक्षेत्र तथा अधिकतर जनताले अहिंकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृती र गतिविधीलाई नसमेटिदा स्वभावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्दछ । विधि निर्माण र व्यवस्थापनको महत्वपुर्ण घडीमा देशका जिम्मेवार सूरक्षा पात्र र होनहार नागरिकहरुको जिउ ज्यान नै जोखिममा पर्नू अझ गभ्भिर चिन्ताको विषय हो । परस्पर मिलिजूली एकताका साथ रहिआएकोे हाम्रो नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूने तर्फ अघि नबढोस् । समग्र सहभागिता, समस्त सामन्जस्य र सम्पुर्णको समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार बन्नू पर्दछ ।
हिमाल, पहाड र तराईमा देखा परेको विध्यमान द्धन्द्र, विग्रह, कचिगंल, अन्योल, असन्तोष र दैनिक जीवनमा आईपरेको कठिन अवस्था एवं अभावको स्थितीमा, मेरो चासो र चिन्ता रहनु स्वाभाविकै हो । आम नागरिकले सधै नै निर्धारित सूलभ वजार व्यवस्था तथा नियमित आवागमनको सूचारु सूविधा पाउनू पर्दछ । तर दशैं, तिहार र छट जस्ता नेपालीहरुको विशेष चाडपर्वमा समेत वजारमा इन्धन, औषधी एवं खाध्यान लगायतका दैनिक उपभोग्य बस्तू कै अभाव हूनूको साथै नेपाली नागरिकहरुले सहज ढंगले आवागमन गर्न समेत पाईरहेका छैनन् । यसबाट न्युन आयस्रोत भएकाहरुले त झनै मार खप्नू परेको तितो तथ्य हाम्रा अ३िल्तिर देखा परेको छ । भूकम्पको प्राकृतिक कम्पन एवं अन्योल र अलमलको राजनितिक उल्झनबाट पिडीत नेपाल र नेपाली जन जिवनको यो कठोर कालखण्ड अव धेरै लम्विनू हूदैंन भन्ने मेरो चाहना रहेको छ ।
राष्ट््िय स्वार्थ, राष्ट््िरयता र राष्ट््िरय समस्याको समाधान गर्न नेपाली मनको सक्रियताबाट अघि बढ्न श्री नवदुर्गा भवानीवाट हामी सवैलाई सत् प्रेरणा प्राप्त होस् ( यहि मेरो कामना छ ।
जय नेपाल




0 comments
Write Down Your Responses