राजेन्द्र महतोले स्वास्थ्य मन्त्री हुँदा गरेको भ्रष्टाचारको छानविन खोइ ?
'मधेस आन्दोलन दलाल, तस्कर, राष्ट्रघाति, अपराधिको अखडा'
काभ्रे, २२ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले तराईमा आन्दोलनको नेतृत्व गरिरहेका राजेन्द्र महतोले मन्त्री हुँदा गरेको भ्रष्टाचारको छानविन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
महतोले स्वास्थ्य मन्त्री बन्दा गरेका भ्रष्टाचारको छानविन गरी कारवाही गर्न उहाँले आग्रह गर्नुभएको हो । विजुक्छेले तराईमा आन्दोलनरत नेता र दलहरु कुनै न कुनै समय राज्यको मन्त्री बनेको भएपनि उनीहरुले पुरै सरकार हत्याउने उद्देश्यले आन्दोलनलाई रोजेको बताउनुभयो ।
उहाँले तराईमा आन्दोलन गर्ने र आन्दोलनको नाममा देशको पहिचान नै अन्योलमा पर्ने काम गर्नेहरुलाई दलाल, तस्कर, राष्ट्रघाति, अपराधिको संज्ञा दिनुभयो । नेपाल जस्तो देशमा कम्नियुष्टहरुले सत्ता चलाउन नपाउँदा विस्तारवादीहरु सलबलाएको अध्यक्ष विजुक्छेले जिकिर गर्नुभयो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.