उपेन्द्र यादव भन्छन् -‘यो साल दशैं आउदैन’
संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अहिले जारी भएको संविधान कार्यान्वयन हुन नसक्ने दावी गरेका छन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले संविधानमा भएका ब्यावस्थाहरुले अहिलेको शासक हैन निरकुंशता जन्माउने बताए । यादवले तत्काल नाकाबन्दी र आमहडताल फिर्ता नहुने वताए ।
चाडवाडमा नाकाबन्दी नगर्न पत्रकारले गरेको आग्रहको जवाफमा उनले पहिले नै “दिपावली” गरि सकेकोले अब दशैंको औचित्य नभएको बताए । “दिपावली पछि दशैं आउदैन, जनताले दिपावली मनाई सके अब दशैं कसरी मनाउने ?” यादवले भने । उनले सरकार र तीन दल वार्ता र देशको वर्तमान राजनैतिक अवश्था प्रति संवेदनशिल नरहेको वताए । जनताको न्यायोचित मागको सम्बोधन र सिमांकनको हेरफेर नभए सम्म समस्या समाधान नहुने उनले बताए ।




0 comments
Write Down Your Responses