भारतबाट पेट्रोल ल्याएको भन्दै १३ मोटरसाइकलमा आगजनी
आइतबार, ८ कार्तिक
सर्लाही । भारतले लगाएको अघोषित नाकाबन्दी पछि नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ ।
यसको फाइदा उठाउदै केही व्यक्तिले सीमाबर्ति भारतबाट पेट्रोलियम पदार्थ ल्याउदै कालोबजारी गरिरहेका छन् । यसरी लुकीछिपी ल्याइएको इन्धन आन्दोलनरत मधेषी मोर्चाका कार्यकर्ताले जलाएका छन् ।
भारतवाट लुकीछिपी इन्धन तस्करीमा प्रयोग भएको १३ वटा मोटरसाइकल र २७ वटा साइकल शुक्रवार राती आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जलाएका छन् । बोरा भित्र ग्यालेन राखेर भारतबाट डिजल र पेट्रोल ओसार्दै गरेको अबस्थामा फेला परेका मोटरसाइकल जलाइएको हो ।
मोर्चाले सिमामा नाकाबन्दी जारी राखेपनि चोरी तस्करी गर्ने गिरोहले आँखा छलेर ल्याएको इन्धन समात्दै नष्ट पार्न थालिएको मोर्चाले जनाएको छ । इन्धन अभावमा पनि सवारीको चापमा कुनै कमि नआएपछि मोर्चाले तस्करी हुन नदिन थप कडाई गरी इन्धन नष्ट पार्ने र ओसार्न प्रयोग भएको साधन जलाउन थालेको हो ।
रातभरीमा १ हजार २ सय लिटर डिजल र ३ सय लिटर पेट्रोल नष्ट पारिएको थियो । नकाबन्दी सुरु भएसंगै इन्धन तस्करी ब्यापक बनेको छ । भारतवाट लुकाएर ल्याएको डिजल २ सय रुपैयाँ लिटर र पेट्रोल ३ सय लिटर सम्म सजिलै बिक्रि हुने गरेको छ । यहाँबाट तस्करीका इन्धन खरिद गरेर काठमाडौंमा बस्ने आफन्तलाई समेत पठाउन गरिएको थियो ।
दैनिक यात्रु बसमा इन्धनका ग्यालेन भरिएका हुन्थे । आगजनीले मोटरसाइकल र साइकल जलेर ध्वस्त भएका छन् । मोर्चा कार्यकर्ताले श्रीपुरको कटानी र बरहथवा नगरपालिकाको टाँनष्ट भएका मध्ये ९ मोटरसाइकल भारतीय नम्बर प्लेटका थिए ।
मोटरसाइकलपनि चल्न नदिने इन्धन तस्करीमा प्रयोग हुने मोटरसाइकल संचालनमा समेत मोर्चाले रोक लगाउने निर्णय गरेको छ । मोर्चा आबद्ध संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष अशोक यादवले मोटरसाइकलको चरम दुरुपयोग भएकाले आइतवार देखि चलाउन रोक लगाउने निर्णय गरिएको बताए ।


1 comments

Write Down Your Responses

Powered by Blogger.