दशै अायो ताजा र स्वच्छ मासु खान चिकित्सकको सुझाव
अहिले ग्यासको अभावका कारण एकैपटक सबै मासु पकाएर राख्ने सम्भावना पनि भएकाले त्यसो नगर्न डा श्रेष्ठले आग्रह गरे । उनले भने, “त्यसो गर्दा खाना बिग्रने, सड्ने, गन्हाउने हुन्छ ।”
उनले अत्यधिक चिल्लो, पिरो र मसलेदार खाना धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुने बताए । उनले भने, “खानामा सागपात, सलाद जस्ता वस्तु पनि समावेश गर्नुपर्दछ ।”
पहिले पकाइसकेको खानापछि प्रयोग गर्दा पुनः तताएर मात्र प्रयोग गर्न पनि चिकित्सकको सुझाव छ । साथै, डा श्रेष्ठले एकैपटक धेरै खाना नखान पनि आग्रह गरे । उनले एकैपटक धेरै खाँदा पाचनमा समस्या हुने भएकाले थोरै थोरै मात्र खान खानुपर्दछ ।
वृद्धवृद्धा बालबालिकालाई पनि खानामा गेडागुडी र सागपात समावेश गरी खान दिँदा पाचनमा सहज हुने डा श्रेष्ठको भनाइ छ । सरसफाइमा ध्यान दिँदादिँदै पनि अपच, झाडापखाला भएमा जीवनजललगायत झोलिलो पदार्थ खान र समयमै चिकत्सकको परामर्शमा औषधि सेवन गर्न पनि उनको सुझाव छ। रासस
0 comments
Write Down Your Responses