सरिता गिरीद्वारा सदभावना पार्टी परित्याग
मधेसी मोर्चाले मधेस र मधेसी जनतालाई धोका दिएकाले आफूले पार्टी छाडेको उनले बताइन् ।
मधेसविरोधीको संज्ञा दिएर जलाइएको संविधानअन्तर्गत भएको प्रधानमन्त्री निर्वाचनमा सहभागी भएर मोर्चाले राजनीतिक बेइमानी र अदुरदर्शिता प्रदर्शन गरेको आरोप उनको छ ।
‘मधेस आन्दोलनको भावना र मर्मविपरीत आफैंले अस्वीकार गरेको संविधान अनुसार भएको निर्वाचन प्रक्रियामा सहभागी हुनु बेइमानी हो’, गिरीले भनिन्, ‘मधेस केन्द्रित दलले मधेसको आत्मसम्मानमा चोट पु¥याएका छन् ।
गिरीले आफू अब राजनीतिमा नभई सामाजिक क्रियाकलापमार्फत मधेसको सेवामा जुट्ने घोषणासमेत गरेकी छन् ।
0 comments
Write Down Your Responses