'चीनबाट इन्धन ल्याउन सरकारले स्वीकृती दिएन'
आईतवार, 17 असोज,
पोखरा-आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडकाले सहज रुपमा ब्यापार हुने ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बताएका छन् । उनले सरकारले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति नदिदा अहिले असहज अवस्था आएको जिकिर गरे ।

'अघोषित नाकाबन्दी लगतै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले मानेन्,' गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उनले भने, 'भारतको मात्रै भरपर्दा आपूर्ति असहज हुने भएकाले चीनबाट ल्याउन पटक-पटक अनुमति माग्दा पनि सरकारले दिएन ।'

निगमले दशकौंदेनि भारतीय आयल कर्पोरेशनसँग कारोबार गर्दै आएपनि बारम्बार असहज अवस्था सिर्जना हुँदैं आएको उनको भनाइ थियो ।

उनले इन्धन आयातमा विकल्प खोज्नुपर्ने बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.