भारतीय पत्रिकाले लेख्यो- ‘मोदी गोर्खालीका अगाडि हारे, नेपालसँग जोरी नखोज्नु’
'संविधान स्वागत गरेकोमा चीनको प्रशंसा'

काठमाडौं, १७ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै नाकाबन्दी गरिरहेको भारतको देशभित्रै आलोचना हुन थालेको छ ।
विशेषगरी अहिलेको सरकारको नेतृत्व गरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाकाबन्दीलाई लिएरै नेपालसँगै भारतमै चर्काे अलोचना भएको हो । चौतर्फी दबाबका कारण भारतले शनिबार नाकाबन्दी हटाएको थियो ।
नाकाबन्दी हटाएपछि पनि मोदीको अलोचना भइरहेको छ । एक भारतीय पत्रिकाले मोदीको आलोचना गर्दै गोर्खालीसँग हारेर नाकाबन्दी खोलेको टिप्पणी गरेको छ । ‘सन्मार्ग’ नामक पत्रिकाले शनिबार भारतले हटाएको नाकाबन्दीबारे ‘मोदी गोर्खालियो से झुक गए’ शिषर्कमा समाचार प्रकाशित गरेको छ । साथै पत्रिकाले अगाडि लेखेको छ– ‘नेपालसे पङ्गा लेना ना रे बाबा ना–नमो ।’
पत्रिकाको समाचार अनुसार मोदीलाई गोर्खालीसँग निहुँ नखोज्न सुझाव समेत दिइएको छ । साथै पत्रिकाले दुई देशको सम्बन्ध विगार्ने गरी नाकाबन्दी लगाउनु मोदी सरकारको गलत कदम भएको उल्लेख गरेको छ । पत्रिकाले चीनले नेपालको संविधानलाई स्वागत गरेर विश्वमै उत्कृष्ठ भनेकोमा चीनको प्रशंसासहित उक्त समाचारलाई पहिलो पेजमै स्थान दिएको छ ।
यस्तै, अर्काे समाचारमा पत्रिकाले ‘बाबुराम भट्टराईले आफैले आफैलाई मुर्ख भन्यो’ भनेर लेखेको छ ।

http://goo.gl/vPbEJG


0 comments

Write Down Your Responses

Powered by Blogger.