राजेन्द्र महतो भने, ‘भारतले जे भन्छ, त्यो मधेसीका लागि ठीक हुन्छ’

काठमाडाैं  ।  नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भनेका कुरा मधेसीको लागि ठीक हुने बताएका छन् ।

गत बुधबार भारतको बिहारस्थित व्यापारी महेशकुमार अग्रवालको क्यान्टिनमा खाना खाइरहेको अवस्थामा भारतीय वेभ पोर्टल इण्डियन एक्प्रेसले उनीसँग कुराकानी गरेको थियो ।

अग्रवालको क्यान्टिनमा विशेष व्यक्तिको रुपमा निम्त्याइएका उनले इण्डियन एक्प्रेससँग कुरा गर्दै  भारतले जे भन्छ त्यहि मधेसीको लागि पनि ठीक भएको बताएका छन् ।

उनले भने , ‘भारत जे भन्छ, मधेसीका लागि त्यही ठीक हो । नेपाली बोल्ने पहाडी मानिसहरुको राष्ट्रियता भनेको भारतको विरोध गर्नु मात्रै हो । हामी मधेसीले मात्रै नेपालमा भारतविरोधी गतिबिधि कमजोर पार्न सक्छौं ।’
  त्यसक्रममा उनले नाकाबन्दी भारतले नभई आफुहरुले लगाएको बताए । उनले भारतले आफुहरुलाई सहयोग गरिरहेको भन्दै धन्यवाद समेत दिए ।

उनले भनेका छन् ‘यदि भारतको सहयोग घट्यो र अडान कमजोर भयो भने मधेसी आन्दोलन असफल हुन्छ ।  हाम्रो जीवन दासको जस्तो हुन्छ । मधेस आन्दोलन असफल हुनु भनेको भारत असफल हुनु हो ।’
  इण्डियन एक्प्रेसका अनुसार महिमा एक्सपोर्ट्सका सञ्चालक अग्रवालले  प्रत्येक दिन औसत ६ हजार देखि ७ हजार आन्दोलनकारीलाई भात खुवाउने गरेका छन् । उनले मधेसी आन्दोलनकारीलाई सघाउनुलाई बिहारको चुनावलाई समेत जोडेका छन् ।

उनले मधेसीहरुलाई पूर्ण सहयोग रहेको बताउँदै भने ‘यदी भारतीय सरकार लत्रियो र मधेसी दाजुभाइहरुलाई दबाव पर्याे भने हामी पनि सडकमा निस्कनेछौं । हामी नहरको पुल तोड्नेछौं, उनीहरुले के सक्छन् गरुन् ।’


0 comments

Write Down Your Responses

Powered by Blogger.