ससुरासँग शारीरिक सम्बन्ध राखेको श्रीमानले थाहा पाएपछि…
मुगु, १७ असोज । मुगुमा एक पुरुषले काका र श्रीमतीको हत्या गरेका छन् ।
आफ्नी श्रीमतीले काकासँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि मुगुको कार्कीबाडा गाविसस्थित ताल्चा गाउँमा शनिबार राति कार्कीबाडा–४ निवासी २० वर्षीय धर्मराज बिकले पत्नी र काकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
विकले २० वर्षीय पत्नी पुतली र सोही गाविसका नातामा काका पर्ने २७ वर्षीय गजेन्द्र विकको हत्या गरेको मुगुका प्रहरी प्रमुख डीएसपी सोम थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘गजेन्द्रले आफ्नो पत्नीसंग शारिरीक सम्बन्ध राखेको थाहा पाएपछि धर्मराजले रिसको आवेगमा दुबै जनाको हत्या गरेको बयान दिएका छन, घटनाको थप अनुसन्धान हुँदैछ ।’
काका र श्रीमतीको हत्या गरेलगत्तै धर्मराज दुई बच्चा बोकेर ताल्चा एयरपोटको सुरक्षा पोष्टमा आत्मसमपर्ण गर्न गएका थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.