भारतीय नाकाबन्दीको बिरुद्धमा भारतीय नै बिरोधमा उत्रिए
नाकाबन्दीले अलपत्र परेका भारतीय सवारीका चार दर्जन बढी चालकले घर फिर्ताका लागि वातावरण बनाइदिन भन्दै सोमबारदेखि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा थालेका छन् ।
दिनहुँ आश्वासन मात्र पाउने गरेकाले बाध्य भएर साँझदेखि दूतावासको २ नम्बर गेट सामुन्ने त्रिपाल ओछ्याएर उनीहरू धर्नामा बसेका हुन् । ‘नाकामा भोकै मर्नुभन्दा आफ्नै सरकारका प्रतिनिधिका अगाडि मर्ने’ भन्दै आफूहरू धर्नामा बसेको भारतको पन्जाबका ट्रक चालक दलजित सिंहले बताए ।
दूतावासका कर्मचारीले नाकाको अवरोध हटाउन नसकिने बताएपछि आफूहरू धर्नामा बसेको सिंहले जनाए । भारत फर्किने मितेरी पुलमा मधेसवादी दलका कार्यकर्ता ३३ दिनदेखि धर्नामा छन् । धर्नास्थलभन्दा करिब ३ सय मिटर दूरीमा भारतीय ट्रक रोकिएका कान्तिपुर दैनिकमा खबर छ ।
नेपालका विभिन्न सहरमा सामान अनलोड गरी भारत र्फकने क्रममा वीरगन्ज नाकामा करिब ५ सय भारतीय सवारी साधन अलपत्र छन् । ‘५ सय गाडीका हामी करिब हजार जना चालक/सहायक छौं,’ सिंहले भने, ‘आफ्ना नागरिक विदेशी भूमिमा अलपत्र पर्दा पनि भारतीय सरकारलाई कुनै चासो छैन ।’ बेखर्ची बनेपछि चना र भुजा मात्र खाएर गुजारा गरिरहेको चालकहरूले बताए ।
1 comments
Write Down Your Responses
October 27, 2015 at 5:28 AM
It is really a shame what the Indian administrations is doing to its own business people in the process helping some section of the community.