थाहा पाइराख्नुहोस्, सबैभन्दा बढी अध्ययन गर्ने नेता को ?
काठमाडौँ, १० कात्तिक ।
प्रमुख दल कांग्रेस एमाले र एमाओवादीका शीर्ष नेतामध्ये सबैभन्दा बढी अध्ययन गर्ने नेता को होला तपाईंलाई थाहा छ ? छैन भने थाहा पाइराख्नुहोस् । कांग्रेस सभापति सुशिल कोईराला साधारण लेखपढ हुन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली विद्यालय तहको शिक्षा पुरा गरेका हुन् भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल स्नातक सम्मको अध्ययन गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एमए, बिएल गरेका छन् । उपभापति रामचन्द्र पौडेलले एमए, प्रकाशमान सिंहले एमएस्सी, कुलबहादुर गुरुङ बिए र विमलेन्द्र निधिले एमए अध्ययन गरेका छन् ।
कांग्रेसमा पिएचडी गर्ने नेतामा डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला र डा. शशांक कोइराला हुन् । स्नातकोत्तर गर्ने नेताहरूमा अर्जुननरसिंह केसी, सुप्रभा घिमिरे, लक्ष्मणप्रसाद घिमिरे, चिरञ्जीवी वाग्ले, मानबहादुर विक, प्रदीप गिरी छन् । सुजाता कोइरालाले प्रमाणपत्रसम्म मात्र अध्ययन गरेकी छिन् । सभापति सुशील कोइरालाले स्वाध्ययन गरेका हुन् ।
एमाले केन्द्रीय कमिटीमा नेता झलनाथ खनाल, माधवकुमार नेपाल र युवराज ज्ञवाली, केशव बडाल, प्रदीप नेपाल, काशीनाथ अधिकारी, वाचस्पति देवकोटा, नरेश खरेल, नागेन्द्र चौधरी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित सहितका नेताले स्नातक सम्मको अध्ययन पूरा गरेका छन् भने अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम र उपमहासचिव विष्णु पौडेल,अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, प्रदीप ज्ञवाली, दलबहादुर राना, सत्यनारायण मण्डल लगाएतले एसएलसी मात्र उत्तीर्ण गरेका छन् ।
नेता शंकर पोखरेलले स्नातकोत्तर पूरा गरेका छन् । उपाध्यक्ष विद्या भण्डारीले आइए पास गरेकी छन् । बिकम पास गर्नेमा नेता माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, विष्णु रिमाल र गुरु बराल छन् । बिएड गर्नेमा महासचिव ईश्वर पोखरेल, पशुपति चौलागार्इं र भानुभक्त जोशी छन् ।
बिएल गर्ने एमाले नेताहरुमा अग्नि खरेल, डिल्लीबहादुर महत र धर्मनाथप्रसाद साह छन् । सचिव पृथ्वी सुब्बा गुरुङले बिएस्सी गरेका छन् भने रघुवीर महासेठले बिई गरेका छन् ।
स्नातकोत्तर अध्ययन गर्ने एमाले नेताहरूमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल, भरतमोहन अधिकारी, महेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, अरुण नेपाल, बिन्दा पाण्डे, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, भानुभक्त ढकाल, प्रकाश ज्वाला, कर्णबहादुर थापा, गंगालाल तुलाधर, राधा ज्ञवाली लगाएत छन् ।
प्रमाणपत्र तह अध्ययन गर्ने एमाले नेताहरूमा उपाध्यक्ष विद्या भण्डारी, किरण गुरुङ, तुलबहादुर गुरुङ, श्रीमाया थकाली, थममाया थापा, कल्याणी खड्का, टुका हमाल, गणेश तिमल्सिना, नेत्र पन्थी, परशुराम मेघी गुरुङ लगाएत छन् । वंशीधर मिश्र एमबिबिएस डाक्टर हुन् भने विजय पौडेलले पिएचडीसम्मको अध्ययन गरेका छन् । राजन भटराईले पनि पिएचडीसम्मको अध्ययन गरेका छन् ।
विभिन्न समुहमा रहेका माओवादी नेताहरुको समग्रमा शैक्षिक अवस्था हेर्दा एमाओवादीका अध्यक्ष प्रचण्डले कृषि विज्ञानमा स्नातक गरेका छन् । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले स्नातकोत्तर गरेका छन् भने नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले स्नातक गरेका छन् ।
नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेले स्नातकोत्तर गरेका छन् । टोपबहादुर रायमाझीले बिएस्सी गरेका छन् । हरिबोल गजुरेल बिकम, अग्निप्रसाद सापकोटा स्नातक उत्तीर्ण हुन् भने एमाओवादी महासचिव कृष्णबहादुर महरा पनि स्नातक उत्तीर्ण नेता हुन् ।
वर्षमान पुनले पनि स्नातकसम्मको अध्ययन गरेका छन् । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले एसएलसी गरेका छन् । जनार्दन शर्माले एसएलसी उत्तीर्ण गरेका छन् । नन्दकिशोर पुनले पनि एसएलसी उत्तीर्ण गरेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.