रमेश खरेल फेरी चितवनबाट काठमाडौंमा सरूवा
चर्चामा रहेका नेपाल प्रहरीका एसएसपी रमेश खरेललाई काठमाडौं सरूवा गरिएको छ। नेपाल प्रहरीले शुक्रबार ३५ जना एसएसपीलाई सरूवा गरेको हो। अाफूले काम गरेको ठाउँमा राम्रो गरेको भन्दै चर्चामा अाएका खरेल यसअघि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र पठाइएको थियो। सरूवा गरेर उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरूवा गरिएको छ।
एआइजी बढुवामा ब्रिफकेश लेनदेन भएको सार्वजनिक अभिव्यक्ति दिएका एसएसपी रमेश खरेललाई गृहमन्त्री वामदेव गौतमले भरतपुर तालिम केन्द्रको प्रमुखमा सरुवा गरेका थिए।
प्रहरी अपरेसन र प्रशीक्षणमा खरेलको विज्ञता छ।




0 comments
Write Down Your Responses