सबैको भविष्यबाणी गर्ने आदित्य दहालको रोग नै पत्ता लागेन
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लागेको छैन ।
अमेरिकामा उपचार शुरु गरेको तीन महिना सम्म पनि उनको रोगबारे पक्ता लाग्न नसकेको हो ।नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा गत श्रावण ११ गतेदेखि आदित्यको क्यालिफोर्नियास्थित स्टान्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ ।
शारीरिक दुर्वलतालाई लिएर अनुसन्धान गरिरहेका चिकित्सकहरुले आदित्यमा ‘एनबीआइ ए डिसअर्डर’ भएको अनुमान गरेका थिए । तर, तीन महिनाको अनुसन्धानले उक्त रोगका कुनै पनि लक्षणहरु पुष्टि हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।
अस्पतालले थप परीक्षण तथा अनुसन्धान सुरु गरेको र नयाँ अनुसन्धानको रिपोर्ट आउन अझै तीन महिना बताएकोे छ ।उनको रोग विश्वमा पत्ता लागेका १३ प्रकार एनबीआइए डिसअर्डरसम्बन्धी रोगहरुमासमेत नपरेपछि चिकित्सकहरु गम्भीर वैज्ञानिक अनुसन्धानका रुपमा लागेको आदित्य प्रतिष्ठानले जनाएको छ ।
सबैको भष्यिबाणी गर्दै आएका दाहालको रोग बारे कुनै पत्ता नलाग्दा उनको परिवार भने चिन्तामा परेको छ । आदित्यले गत साल भदौमै केपी ओली प्रधानमन्त्री बन्ने बताएका थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.