मधेसी मोर्चा भित्रै नेताहरुबीच मारामार, राजेन्द्र महतो भागे वा छाडे ?
काठमाडौं । आफैंले अस्विकार गरेको संविधानको संक्रमणकालिन व्यवस्था अन्तरगत प्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएपश्चात् आन्दोलनरत संयुक्त लोकतानित्रक मधेसी मोर्चाका नेताहरुबीच बाझाबाझ भएको छ ।
प्रधानमन्त्री निर्वाचनमा भाग लिएको विषयलाई लिएर मोर्चामा फाटो आएको हो । तीनकुनेमा रहेको संघीय समाजवादी फोरमको कार्यालयमा बसेको मोर्चाको बैठकमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले बहिस्कार गरेको थियो ।
सद्भावना महासचिव मनिषकुमार सुमनले आफ्ना सांसदहरुलाई जबरजस्ती रुपमा मतदान प्रकृयामा सहभागि गराइएको र मधेस आन्दोलनलाई धोका दिएको भन्दै बैठक बहिस्कारको निर्णय गरेका थिए ।
उनले आफुहरुले असहमति राखेको संविधानकै आधारमा भएको निर्वाचनमा सहभागिता जनाइनु महाभुल भएको बताए । तर, उनकै पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले निकै गर्वका साथ सुशील कोइरालालाई मतदान दिएको र यो नै आफुहरुको विजयी सुरुवात भएको प्रतिक्रिया दिएका थिए ।
तराईमै रहेका राजेन्द्र महतोको इशारामा नै उनका पार्टीका सांसदहरुले मतदान गरेका थिए भने आज महतोकै इशारामा बैठक बहिस्कार भएको मोर्चाका एक नेताले बताए । महतोकै कारण मधेस आन्दोलनमाथि विभिन्न दाग लागेको मोर्चाको ती नेताले बताए ।
प्रधानमन्त्री निर्वाचनमा खरोडौंको चलखेलमा सांसदहरु किनबेच भएको हल्ला चलीरहेकाबेला मोर्चामा खटपट भएको हो । मोर्चाका नेताहरुका बीचमा देखिएको यो विवादले मधेस आन्दोलनको अस्तित्व समाप्त भएको मधेसमा आन्दोलनरत नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
0 comments
Write Down Your Responses