ओलीले यसरी तोडे परम्परा
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको छैटौं दिन ओली भक्तपुरको बालकोटस्थित निजी निवासबाट सरकारी निवास बालुवाटार सरेका हुन् ।
‘प्रधानमन्त्रीज्यू शुक्रबारबाट सरकारी निवास बालुवाटार सर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने । त्यसक्रममा ओलीलाई काठमाडौँ–५ का जनताको तर्फबाट एमाले महासचिव ईश्वर पोखरलले भव्य स्वागत गरेका थिए । निवास सर्ने क्रममा साइत हेर्ने तथा कुनै परम्परागत धार्मिक अनुष्ठानका कार्यक्रम नगरिएको सल्लाहकार दाहालले जानकारी दिए ।
विगतमा भने साइत जुराएर तथा धार्मिक अनुष्ठानपूर्वक पूजाआजा गरी कालोबोका बलि दिएर प्रधानमन्त्री सरकारी निवास सर्ने चलन थियो । ओलीले ती सबै परम्परा तोडेका हुन् । यसअघि प्रधानमन्त्री बनेका एमाले पूर्व अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधव कुमार नेपाल समेत साइत हेरेरै मात्र बालुवाटार सरेका थिए । समाचार आजका राजधानी दैनिकमा छ ।




0 comments
Write Down Your Responses