मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्ति, टीकापुर काण्डका दोषीलाई छाड्न दवाव
सरकारमा बसेर थारुको उद्धार गर्छु : मन्त्री चौधरी

काठमाडौं, ३ कात्तिक । विना विभागीय मन्त्री तथा तराई मधेस लोकतान्त्रिक पाटीका महासचिव रामजनम चौधरीले सरकारमा बसेर थारु समुदायका मागलाई पूरा गराउन आफूले पहल गर्ने दाबी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरा गर्दै मन्त्री चौधरीले सरकारमा बसेर थारुका माग सम्बोधन गराउन आफू मन्त्री बनेको बताउनुभयो ।
‘थारु आन्दोलनकारीका माग पूरा गराउन सरकारमा बस्नु अनिर्वाय थियो’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीसँग पनि थारुका माग सम्बोधन गर्न आग्रह गरेको छु ।’
उहाँले थारु आन्दोलनकारीका माग पूरा गराउन नसके सरकारबाट बाहिरिने बताउनुभयो । ‘थारुका माग सम्बोधन गराउन नसके हाम्रो पार्टी सरकारबाट फिर्ता हुन्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘दुई महिनाभित्र संविधान संशोधन गरेर थारुका माग पूरा गर्ने छौँ ।’
उहाँले प्रधानमन्त्री ओलीसँग थारु आन्दोलनकारीले पहिलानै सरकारलाई बुझाएको मागका विषयमा अवगत गराएको उल्लेख गर्नुभयो ।
शहीद घोषणा, घाइतेको उपचार, क्षतिपूर्ति, झठ्ठा मुद्दा फिर्ता हुनुपर्ने, पक्राउ परेका थारु नेताको रिहाइलगायतका माग पूरा नहुँदासम्म सरकारसँग थारु आन्दोलनकारीले वार्ता नगर्ने मन्त्री चौधरीको भनाइ छ ।
मन्त्री चौधरीले आन्दोलनका क्रममा टीकापुर घटनामा दोषी देखाइ पक्राउ परेका थारु नेताहरू तुरुन्त रिहाइ हुनुनपर्ने माग गर्नुभयो ।
‘थारुका माग पूरा गराउन सरकारमा बसेर दबाव दिन्छु’, उहाँले भन्नुभयो, ‘काम गरेर देखाउन नसके ओली सरकारबाट फर्कने छौँ ।’


0 comments

Write Down Your Responses

Powered by Blogger.