बिग्रिसकेको सम्बन्धलाई सेक्सले सपार्छ रे !
१) सेक्स र सम्बन्ध
सेक्स आवश्यक कुरा हो । जसको सम्बन्ध बिग्रँदो हुन्छ उनीहरुको यौन जीवन ठिक छैन भनेर सजिलै अनुमान लगाउन सकिन्छ । सेक्समा असन्तुष्ट जोडी एकअर्कासँग बसिराख्न सक्दैनन् । यसको लागि उनीहरुले दोस्रो व्यक्ति खोज्न थाल्दछन् र सम्बन्ध टुट्दछ ।
२) सेक्स र तरिका
दिगो सम्बन्धको लागि सेक्स जति आवश्यक छ त्यो भन्दा ज्यादा यो सहमति र सहि तरिकाले हुनु पर्दछ । जबर्जस्ति अथवा एउटाको इच्छा विपरित गर्नाले यसले झन विकराल रुप लिन्छ र सम्बन्ध सुध्रनुको सट्टा बिग्रन थाल्दछ । जोडीमध्ये दुवैले एकअर्काको भावना बुझेर यौनमा समर्पित हुनु पर्दछ ।
३) गलत यौन आचरणलाई सुधार्नु पर्छ :
बिहे गरेर जाँदै गरेकि छोरीलाई आमाले भनिछिन्, “छोरी जबसम्म उसले तिमीलाई पिट्दैन तब सम्म ऊसँग बस्न सक्छौ ।” यो भनाइ हास्यास्पद लाग्छ किनभने यो यौन दुराचा हो । एकले अर्कालाई हात उठाउनु वा शारीरिक यातना दिनु कदाचित राम्रो सम्बन्धको संकेत होइन ।
असल सम्बन्धको लागि एकअर्काप्रति गरिने यस्ता आचरणले राम्रो सम्बन्धको विकास गर्दैन । वैवाहिक यौन स्वतन्त्रताको नाममा गरिने यौन हिंसा पनि जायज छैन ।
४) सेक्स उत्तम औषधी :
जोडीहरु एकअर्का बिच तनावमा रहेको बेला वा मनमुताव भएको बेला दुवैले बिर्सेर सेक्स गर्नाले आपसी तनावलाई भुलाउन सकिन्छ । साथै एकअर्का प्रति भएको मनमुताव पनि हट्छ जसले गर्दा सम्बन्ध अझै सुमधुर बन्दछ । त्यसैले यौनमा असन्तुष्ट भएका व्यक्तिले पनि एकअर्कामा परामर्श गरी असल यौन जीवन साट्नाले सम्बन्ध अझै मज्बुद र बलियो बनाउन मद्दत गर्दछ ।
0 comments
Write Down Your Responses