एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनायो
काठमाडौं, ९ कात्तिक । सत्तारुढ दल नेकपा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान बसेको एमाले स्थायी समिति बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपति पदमा अघि सारेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
विद्या भण्डारीको उम्मेदवारीसँगै अब नेपालले पहिलो महिला राष्ट्रपति पाउने पक्का भएको छ ।
यसअघि प्रमुख पद मध्येको सभामुख पदमा समेत ओनसरी घर्ती निर्वाचित भएसँगै नेपालले पहिलो महिला सभामुख पाएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.