मोदीले राखेका पाँच गोप्य शर्तहरु यस्ता छन्
अभिमन्यु
नेपालका परराष्ट्र मन्त्री कमल थापाले मोदी लगाएतका भारतीय नेताहरुलाई फकाएर दशैंको वेलामा भएपनि नाकावन्दी खुलाउने प्रयास गरे । तर भारतीय नेताहरुले कर्यौ शर्तहरु राखे ।
भारतीय विदेश सचिववाट शुरु भएको भेटघाटमा अनेकौं विषयमा छलफल भए । भारतीय पक्षले अनेकौं सवालहरु राखे । नेपाली अधिकारीहरुले सके सम्म फकाउन अनेकौं प्रयास गरे ।
परराष्ट्रमन्त्री कमल थापाले एक पछि अर्को गर्दै भारतीय विदेशमन्त्री, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार, भारतीय गृहमन्त्रीलाई भेटेर फकाउने प्रयास गरे । तर उनीहरु सबैले आफ्ना अडानहरु विविध ढंगले राखे ।
आफ्ना कुराहरु पूरा नभए सम्म नाकावन्दी खोल्ने आदेश मोदी स्वयम्ले नै नदिएको उनीहरुले वताएपछि कमल थापाले आफ्नो सबै सम्पर्क सूत्रहरु प्रयोग गरेर मोदी संग नै भेटघाटको समय मिलाए ।
कम्तिमा दशैंको वेला भएपनि नाका खोलीदिन थापाले मोदीलाइ आग्रह गरे । तर मोदीले पनि सो कुरालाई ठाडै इन्कार गरे । व्यक्तिगत रुपमा मोदीले कमल थापालाई हार्दिकता देखाएपनि नेपालमा भारतीय स्वार्थको मामिलामा कडा रुपमा आफ्ना अडानहरु र शर्तहरु मोदीले थापा समक्ष राखे ।
मोदीको पहिलो शर्त: राष्ट्रपतिमा मधेशी मोर्चाका संयोजक महन्थ ठाकुरलाई निर्विरोध निर्वाचित गर्नु पर्दछ ।
मोदीको दोश्रो शर्त: तराईका सम्पूर्ण जिल्लाहरुमात्र राखेर तराई मधेशमा दुई प्रदेश वनाइनु पर्दछ । यो सम्भव नभए पूर्वी मधेशमा कोशी नदीको दुबैतिरको जिल्ला दुई नम्बर मधेश प्रदेशमा राखिनु पर्दछ र पश्चिम तराईको पाँच नम्बर प्रदेशमा कर्णाली नदीको दुबैतिरका जिल्ला राखेर वनाइनु पर्दछ ।
मोदीको तेश्रो शर्त: केन्द्रीय संसदमा तराईको जनसंख्याको आधारमा बहुमत सांसद संख्या हुनु पर्दछ ।
मोदीको चौथो शर्त: नेपालको नदीनाला र ठुला ठेक्काहरुमा भारतीय कम्पनिलाइ प्राथमिकता दिइनु पर्दछ । भारतीय कम्पनीहरुले नसक्ने र नचाहने काम मात्र अरुलाई दिनु पर्दछ ।
मोदीको पाँचौ शर्त: नेपालका ठुला र मझौला नदीहरुमा उच्च वाँध वनाएर पानी जम्मा गरि पानी कम हुने मौसममा भारतलाई पानी दिइने गरि नयाँ सम्झौता गरिनु पर्दछ ।
यी शर्तहरु वारे नेपालमा राष्ट्रिय सहमति वनाउने जिम्मा लिएर कमल थापा फर्केको वताइन्छ । यी शर्तहरु पूरा नभए सम्म भने नेपालले मुखले होइन नाकले खान वाध्य हुनु पर्ने भएकोछ । किनभने रक्सौल नाका नखोल्नु भनेको मुखले खान नदिने भारतीय दादागिरी हो, जहाँवाट नेपाललाई चाहिने ७० प्रतिशत इन्धन आउने गर्दछ ।
मोदीका शर्तहरु राष्टघाती खालका छन् भन्ने प्रष्ट छ । आगामी दिनमा नयाँ सरकार र ठुला दलका नेताहरुले के गर्नेछन् , प्रतीक्षाको विषय वनेको छ ।
नेपालसन्देशमा खबर छ।


1 comments

मोदीले राखेका सर्तहरु मा सिमाङ्गकन र जनसंख्या को आधारमा निर्बाचन क्षेत्र निर्धारण बाहेक अन्य सर्तहरु मनन योग्य छैनन् / साथै उनको सर्तहरु मा राज्यको हरेक क्षेत्रमा मधेसी को समाबेसी र समानुपातिक प्रतिनिधित्व बारे स्पस्ट उल्लेख नभएको देख्दा मोदीले मधेसीको समर्थन गर्नु मा भन्दा बढी नेपालको जलस्रोत बाट हुने फाईदा जति भारतको पोल्टामा पार्न चाहेको प्रष्टछ / यसरि एउटा सानो छिमेकी मुलुक लाई ब्लाय्क्मेल गरि उनको स्वाधिनता लाई बलात्कार गर्न तुलेको हुँदा सम्पूर्ण नेपाली एकजुट भै बद्नियेती राख्ने ठुल दाई को सामना गर्नु को विकल्प अब नेपाली जनता संग रहेन / यस्तो घडीमा नेपाल सरकार ले आफ्नो सबै जात जातिका नागरिकहरु लाई बराबरीको ब्यबहार गरि सबै लाई एकढिक्का बनाई बद्नियेती राख्ने भारत संग पंगा लिन तयार बनाउनु पर्छ /

Write Down Your Responses

Powered by Blogger.