तिम्ल्याहा दिदी बहिनीको एकसाथ बिबाह, झुक्किए बेहुला
२०७१ चैत ३० गतेहेर्दा काटिकुटी उस्तै अनुहार, जीउडालको आकार पनि उस्तै । तस्वीरमा देखिएका तिम्ल्याहा दिदीबहिनी खासमा आ-आफ्ना बेहुलाको प्रतिक्षामा छन् ।
दिदीबहिनीले विवाह समारोहमा उस्तै ड्रेस लगाए । उनीहरुको हेयर स्टाइल र मेकअप पनि एकै प्रकारको थियो । तर, उनीहरुको बिबाह भने तीन फरक युवकसँग तय भएको थियो ।
अनुहार, पहिरन र जीउडाल उस्तै भएपछि बेहुला नझुक्किने कुरै भएन् । तर, यस्तो दुर्घटनाबाट टार्न सानो चलाखी गरिएको थियो ,। उनीहरुले हातमा बोकेको फूल भने फरक-फरक रंगका थिए ।
त्यही एउटा संकेतका कारण बेहुलाहरुले आ-आफ्ना जीवनसाथी ठम्माउन सके । -डेलीमेल
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses