पुरुषको यौन क्षमतामा प्रभाव पार्ने कुराहरु
१ सावुन
अब साबुन किन्दा बिचार पु¥याएर ट्राइक्लोजन नभएको साबुन छान्नुहोस् । किनभने साबुनमा ट्राइक्लोजन नामक तत्व हुन्छ जसले पुरुषमा यौनिक इच्छा मात्र होइन प्रजनन क्षमतामा समेत ह्रास ल्याइदिन्छ । यसका कारण पुरुषको शरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले गर्दा पुरुष समस्यामा पर्छन् ।
२ ल्यापटप
इदि तपाई धेरै समय ल्यापटप चलाएर विताउनु हुन्छ भने तपाइँको प्रजनन् क्षमतामा प्रभाव पर्न सक्छ । ल्यापटप काखमा राखेर चलाउने बानी छ भने जै देखि छोड्नुस् । बैज्ञानिकहरुले धेरै ल्यापटप काखमा राखेर चलाउने पुरुषको विर्यमा प्रभाव पर्ने बताएका छन् ।
३ धुम्रपान
अधिक धुम्रपान गर्ने पुरुषमा प्रजनन र यौनिक क्षमता कमजोर हुने अनुसन्धानले जनाएको छ । बेलायतको मेडिकल एसोसिएशनका शोधकर्ताहरुले गरेको अनुसन्धानले उक्त कुरा बताएको हो । अधिक धुम्रपान गर्ने पुरुषहरुमा सामान्य मानिस भन्दा १० देखि ४० प्रतिशत सम्म स्पम कम हुने बैज्ञानिकहरुको भनाइ छ ।
४ अत्याधिक मिठाइको सेवन
मिठाइ वा गुलियो अत्याधिक रुपमा गर्ने पुरुषको शरीरमा एण्डोक्राइन प्रणाली प्रभावित हुने र यसले प्रजनन क्षमतामा ह्रास आउने शोधले बताएको छ ।
५ कसिलो अण्डरवेयर
यदि तपाइँ कँसिलो अण्डरवेयर लगाउनु हुन्छ र सँधै यस्तै गर्नु हुन्छ भने तपाइँलाई समस्या हुन सक्छ । बैज्ञानिकहरुले टाइट अण्डरवेयर लगाउनेहरुमा वीर्य उत्पादनमा समस्या हुने बताएका छन् । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses