‘भारतको खानी सुक्छ भनेर नेपालमा तेल निकाल्न दिइएन’
भारतले २०४५ सालमा नाकाबन्दी लगाएको थियो । २७ बर्षपछि पनि भारतले फेरी अघोषित नाकाबन्दी गरेको छ । तर, यतिका बर्ष बिते पनि नेपालले अन्वेषणमा पहल नगर्दा तेलमा परनिर्भरता घटेको छैन । अन्वेषण परयोजनाका जियोलोजिस्ट नापित नेपाल आफैँले सक्रिय नेतृत्व नलिएसम्म तेल पत्ता नलाग्ने र निकाल्न पनि नसकिने बताउँछन् । नापितका अनुसार २०४५ सालदेखि हालसम्म नेपालमा विभिन्न देशका पाँच उत्खनन कम्पनीले पेट्रोलियम पदार्थ अन्वेषण गर्ने ठेक्का लिइसकेका छन् । तर, कुनै पनि कम्पनीले अन्वेषणलाई टुंगोमा पु¥याएनन् । ‘कतिपय कम्पनीले अनुमति पाएको केही समयमा माओवादी सशस्त्र द्वन्द्व सुरु भएकाले अन्वेषण्को काम अगाडि बढाएनन्,’ नापितले भने, ‘ठेकेदार कम्पनीका भनाइमा केही सत्यता भए पनि धेरैजसोले विभिन्न बाहानमा बनाएर नियतवश नै काम छोडेको देखिएको छ ।’
हाल नेपालको तेल अन्वेषणका लागि दिइएका सबै अनुमति सरकारले खारेज गरिसकेको छ । र, आउँदो आर्थिक बर्षदेखि विभागले पुनः अन्वेषण अनुमति दिने तयारी गरिरहेको छ । यसका लागि खानी तथा खनिज पदार्थ ऐन २४२ र यसअन्तर्गत बनेको नियामवली २०४२ पनि समय सान्दर्भिक संशोधन गर्न आवश्यक रहेको विभागले जनाएको छ । भारतले नेपालका हरेक क्षेत्रका पूर्वाधार निर्माणको ठेक्का आफैँ लिने, आफू पनि नबनाउने र अरुलाई पनि बनाउन नदिने नीति अख्तियार गरेको कतिपयको तर्क छ । जानकारहरुका अनुसार कतिपय मुलुक आफ्नो पेट्रोलियम भण्डार रित्याउने लालसाबाट ग्रसित छन् । तेलकै राजनीतिका कारण मध्यपूर्वका देशहरुमा सत्ता परिवर्तन, हिंसा, युद्ध र पश्चिमा हस्तक्षेप चरमोत्कर्षमा पुगेको देखिएको छ ।
–नागरिक दैनिकबाट
0 comments
Write Down Your Responses